विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्युजनको आयोजनामा यहि चैत २१ गते शनिबार साईक्लोथन ७.० प्रतियोगिता हुने भएको छ ।
रोटरी क्लव अफ विराटनगर फ्युजनले बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता हुनेबारे जानकारी दिएको छ ।

क्लवकी अध्यक्ष सोनिया गुप्ता चौधरीका अनुसार यही चैत्र २१ गते शनिबार विराटनगरको आर्दश स्कुलमा विहान साईक्लोथन ७.० प्रतियोगितामा महिला पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन् ।

सहभागी प्रतियोगीले गियर र नन् गियरमा सहभागिता जनाउन सक्नेछन् । विजेताहरुले क्रमस १५ हजार , १० हजार र ७ हजार पुरस्कार सहित प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउनको लागि १ हजार र विद्यार्थीको लागि ५ सय रुपैया तोकिएको छ । उत्त दिन प्राईम हस्टिलको सहकार्यमा सहभागिहरुको निशुल्क स्वास्थ्य चेकजाँच पनि गरिने जनाइएको छ ।