विराटनगर । ललित राजवंशी विराटनगरमा वल्ड लिंक इन्टरनेट सेवाको बजार व्यवस्थापनमा सक्रिय देखिएका छन्। वल्ड लिंक इन्टरनेटसँग आवद्ध क्रिकेटर राजवंशीले स्थानीय स्तरमा इन्टरनेट सेवाको अवस्था, गुणस्तर तथा प्रयोगकर्ताको अनुभवबारे जानकारी लिँदै बजार अनुगमन गरेका हुन्। उनले विराटनगरका विभिन्न स्थानमा पुगेर उपभोक्ताको घरमै गएर सेवा सम्बन्धी प्रत्यक्ष जानकारी लिएका छन्।
आज बिहान करिब १२ बजे विमानमार्फत विराटनगर पुगेका राजवंशी हाल शहरका विभिन्न क्षेत्रमा पुगेर इन्टरनेट सेवाबारे बुझिरहेका छन्। उनलाई देख्न र उनीसँग फोटो खिचाउन समर्थकहरूको समेत भीड लागेको छ।
वल्ड लिंक इन्टरनेट विराटनगर शाखाका प्रबन्धक प्रतिक ताम्राकारका अनुसार कम्पनीले हालै बजारमा ६जी प्रविधिमा आधारित नयाँ राउटर सार्वजनिक गरेको छ। उक्त राउटरमा अघिल्लोभन्दा ४० प्रतिशत बढी कभरेज, ७५ प्रतिशत कम लेटेन्सी तथा चार गुणा छिटो र सहज प्रदर्शन हुने बताइएको छ।
त्यस्तै, कम्पनीले ५०० एमबीपीएस इन्टरनेट प्याकेज मासिक १ हजार ३ सय ३४ रुपैयाँमा उपलब्ध गराउँदै आएको जनाएको छ। विराटनगरका महेन्द्र चोक, पुष्पलाल चोक लगायत अधिकांश क्षेत्रमा यो सेवा सञ्चालनमा आइसकेको पनि जानकारी दिइएको छ।