काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरबिन्द साह विश्वासिलो डिजिटल कृषि बीमा लागू गर्न सुझाव दिएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झनजटिलो कृषि बीमा प्रणाली र यसमा हुने अपचलनको अध्ययन गरी विश्वासिलो डिजिटल कृषि बीमा लागू गर्न सुझाव दिएका हुन् ।‘झनजटिलो कृषि बीमा र यसमा हुने अपचलनबारे अध्ययनगरी विश्वासिलो डिजिटल कृषि बीमा लागू गरियोस्,’ उनले भने ।
सांसद साहले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट बनाउने क्रममा मानव विकास सूचकांक र भूगोललाई आधार मानेर जिल्लाभित्र प्रभावित क्षेत्रहरूमा विशेष ध्यान दिइ बजेट समतामूलक तरिकाले तर्जुमा गर्न समेत माग गरेका छन्। उनले कृषिमा आत्मनिर्भरता बढाउन र रोजगारी सृजना गर्न आवश्यक पर्ने सुलभ र सहुलियत मल, बीउ र सिँचाई व्यवस्थापन पनि तत्काल सुनिश्चित गर्नुपर्ने बताएका छन्।