ऐतिहासिक सिम्रौनगढको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन सांसद धिमालको आग्रह

<span class='c1'>ऐतिहासिक सिम्रौनगढको संरक्षण र प्रवद्र्धनमा</span> <span class='c2'>ध्यान दिन सांसद धिमालको आग्रह</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश धिमालले ऐतिहासिक सिम्रौनगढको संरक्षण र प्रवद्र्धनमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सिम्रौनगढलाई मिथिला सभ्यता र तिरहुत क्षेत्रको हजारौं वर्ष पूरानो राजधानी तथा नेपालको मध्यकालीन इतिहासको महत्वपूर्ण धरोहरका रूपमा रहेको बताएका हुन् ।

उनले यस क्षेत्रलाई व्यवस्थित रूपमा संरक्षण गरी पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले विशेष रूपमा २०६७ सालमा सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्धाधुन्ध रूपमा पोखरी खन्ने कार्यले सिम्रौनगढको करिब ८० प्रतिशत ऐतिहासिक सम्पदा नष्ट भएको दाबी गरे । ‘२०६७ सरकारको प्रधानमन्त्री एवम कृषी आधुनिकीकरण प्रयोजनको नाममा अन्धाधुन्ध पोखरी खन्ने कार्यले सिम्रौनगढको ८० प्रतिशत सम्पदा नस्ट भई यसलाई रोक्न सिम्रौनगढको प्राचिन पर्खाल भित्र पोखरी खन्न बन्द गरी बैकल्पिक उपायहरु अपनाउनुपर्छ,’ उनले भने । उनले सिम्रौनगढको प्राचित पर्खालभित्र पोखरी खन्ने कार्यलाई रोकेर बैकल्पिक उपायहरु अपनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्