प्रयोगविहीन भवनहरूको सदुपयोग गर्न सरकारलाई सांसद कार्कीको आग्रह

<span class='c1'>प्रयोगविहीन भवनहरूको सदुपयोग गर्न</span> <span class='c2'>सरकारलाई सांसद कार्कीको आग्रह</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा भण्डारी कार्कीले देशभर निर्माण भएका तर प्रयोगमा नआएका पूर्वाधार संरचनाहरूको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लगानी भएका र प्रयोग हीन भवन सर्लाही जिल्ला लगायत नेपाल भरी प्रयोगविहीन अवस्थामा रहेको बताइन् । उनले भनिन्, ‘नेपालका विभिन्न ठाउँको भिउटाव भवन लगायत प्रतिफल तथा विना दिगोपनको पुर्वधार देखेका छै । लगानी भएका र प्रयोग हीन भवन सर्लाही जिल्ला मधेस प्रदेश लगायत नेपाल भरी धेरै छन् । त्यस्ता प्रयोगमा न आएका भवन तथा पूर्वदारहरू उचित समयमा सदुपयोग गर्न आवश्यक छ ।’

उनले सरकारलाई यस्ता भवन तथा पूर्वाधारहरूको व्यवस्थापन तथा सदुपयोगमा ल्याउन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्