नेपालीहरूको हातमा लालपुर्जा भएपनि जग्गा भारतीयहरूको चलनभोगमा छ :सांसद धामी

<span class='c1'>नेपालीहरूको हातमा लालपुर्जा भएपनि जग्गा</span> <span class='c2'>भारतीयहरूको चलनभोगमा छ :सांसद धामी</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर क्षेत्र नं १ का जनताहरुले सीमा विवाद र खुला सीमाका कारण ठूलो चुनौती भोगिरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालीहरूको हातमा लालपुर्जा भएपनि जग्गा भारतीयहरूको चलनभोगमा रहेको बताए । उनले भने, ‘सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गर्नु परेको छ । जहाँ गोविन्द गौतम सहीद पनि भएका थिए । नेपालीहरूको हातमा लालपुर्जा छ । जग्गा भारतीयहरूको चलनभोगमा छ ।’

त्यस्तै उनले भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरिरहेको पनि जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्