प्रशासनमा प्रजिअको ‘कमान्ड’: सिडियो आफैं नागरिकता फाँटमा खटिएपछि सेवाग्राही उत्साहित

<span class='c1'>प्रशासनमा प्रजिअको ‘कमान्ड’:  सिडियो आफैं</span> <span class='c2'>नागरिकता फाँटमा खटिएपछि सेवाग्राही उत्साहित</span>

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटको नागरिकता फाँटमा हिजोआज फरक दृश्य देखिन थालेको छ। सेवाग्राहीको अत्यधिक चाप र भिडभाड हुने यस फाँटमा अचेल प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुसाल आफैं फाइल बोकेर सेवाग्राहीलाई सहजीकरण गरिरहेका भेटिन्छन्। कार्यालय प्रमुख नै फिल्डमा ओर्लिएपछि वर्षौंदेखि झन्झटिलो मानिएको नागरिकता बनाउने प्रक्रिया अहिले छिटो र सहज बन्न थालेको छ।

तराईका जिल्लाहरूमा नागरिकता बनाउने सेवाग्राहीको चाप सधैं उच्च रहने गर्दछ। रौतहटमा पनि पछिल्लो समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मै सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ। सेवाग्राहीको भीडका कारण कर्मचारीलाई कामको चाप पर्ने र नागरिकले सास्ती पाउने अवस्था देखेपछि प्रजिअ भुसाल आफैं फाँटमा खटिएका हुन्। उनले प्रत्यक्ष रूपमा सेवाग्राहीसँग समन्वय गर्दै, कागजात रुजु गर्ने र प्रक्रिया बुझाउने काममा सक्रियता देखाएका छन्। प्रजिअ भुसालको यो सक्रियताले सेवा प्रवाहमा मात्र सुधार ल्याएको छैन, बिचौलियाको चलखेललाई समेत शून्यमा झारेको स्थानीयको बुझाइ छ। ‘सम्भवतः रौतहटको इतिहासमा प्रजिअ आफैं नागरिकता फाँटमा बसेर जनताको काम गरेको यो पहिलो पटक होला,‘गौरका स्थानीय जितेन्द्र दासले खुसी व्यक्त गर्दै भने, ‘हाकिम आफैं अगाडि उभिएपछि कर्मचारीले पनि फुर्तिलो भएर काम गरेका छन्, जसले गर्दा हाम्रो काम छिटो भएको छ।’ प्रशासन कार्यालयले सेवाग्राहीको सुविधाका लागि बिहानैदेखि सेवा सुरु गरे पनि भीड नियन्त्रण चुनौतीपूर्ण थियो। तर, प्रजिअ भुसालले प्रत्यक्ष निगरानी राखेपछि लाइन व्यवस्थित भएको छ भने ज्येष्ठ नागरिक, अशक्त र टाढाबाट आएका सेवाग्राहीले प्राथमिकता पाउन थालेका छन्। कार्यालयका प्रशासन शाखा प्रमुख रामनरेश साहका अनुसार प्रजिअको उपस्थिति पछि सेवाग्राहीको गुनासो निकै कम भएको छ।

साह भन्छन्, ‘सेवा लिन आउने नागरिकलाई कुनै समस्या नहोस् र उनीहरू सन्तुष्ट भएर घर फर्किउन् भन्ने प्रजिअको उद्देश्य छ। उहाँ आफैंले निगरानी र सहजीकरण गरिदिँदा काममा पारदर्शिता र गति दुवै बढेको छ।’ प्रशासनको यो कदमले सरकारी अड्डाप्रतिको आम नागरिकको दृष्टिकोण बदल्न थालेको छ। कर्मचारीले काम अल्झाउँछन् भन्ने भाष्य चिर्दै प्रजिअ भुसालले ’जनताको सेवक’ को वास्तविक उदाहरण प्रस्तुत गरेका छन्। सेवा लिन आएका अन्य सेवाग्राहीहरूले पनि प्रजिअको कार्यशैलीको प्रशंसा गर्दै यस्तो परिपाटी अन्य सरकारी कार्यालयमा पनि लागू हुनुपर्ने बताएका छन्। रौतहट प्रशासनको यो सकारात्मक पहलले राज्य संयन्त्र र नागरिकबीचको दूरी कम गर्ने र सरकारी सेवाप्रति जनविश्वास बलियो बनाउने अपेक्षा गरिएको छ। प्रजिअको यो ’एक्सन’ ले सुशासनको क्षेत्रमा नयाँ इँटा थपेको स्थानीय बुद्धिजिवीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्