अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना

<span class='c1'>अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर</span> <span class='c2'>करण केसीलाई प्रतिबन्ध र जरिवाना</span>

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै कारबाही गरेको छ ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरूका क्रममा नेपाल पुलिस क्लबका खेलाडी केसीले सामाजिक सञ्जालमार्फत अम्पायरहरूप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै संघले उक्त निर्णय लिएको हो । सामाजिक सञ्जालमा अम्पायरप्रति टिप्पणी गरेकाले कारबाहीको स्वरूप प्रधानमन्त्री कपको एक खेलमा प्रतिबन्ध लगाएको छ भने म्याच शुल्कको १०० प्रतिशत जरिवाना गरेको जारी बिज्ञप्तीमा उल्लेख छ । केसीको अभिव्यक्ति खेल भावना अनुकूल नभएको र यसले क्रिकेटको गरिमामा आँच पुर्याएको संघको ठहर छ ।

नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिमा सम्बन्धित सरोकारवालाहरूसँगको समन्वयपछि यो निर्णय गरिएको उल्लेख छ । खेलका क्रममा अनुशासन पालना गराउन र खेल भावना कायम राख्न यस्तो कदम चालिएको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्