इटहरीमा नयाँ वर्षको माहोल: रमडा होटलमा विषेश कार्यक्रम हुदै

<span class='c1'>इटहरीमा नयाँ वर्षको माहोल: रमडा</span> <span class='c2'>होटलमा विषेश कार्यक्रम हुदै</span>

इटहरी । विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड रमडा अन्तर्गत सञ्चालनमा रहेको इटहरीस्थित होटलले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

होटलले आज साँझ नयाँ वर्षको कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा लोकप्रिय सङ्गीतिक समूह आचल दि एमिकसको लाइभ म्युजिक प्रस्तुति रहनेछ। साथै अतिथिहरूका लागि गाला डिनर, विशेष परिकार र नयाँ वर्षको काउन्टडाउन कार्यक्रम पनि आयोजना गरिएको होटलले जनाएको छ। होटलका सेल्स हेड बिनोद विमली का अनुसार, “नयाँ वर्षलाई विशेष र सम्झनलायक बनाउन परिवार तथा साथीभाइसँग रमाइलो वातावरणमा उत्सव मनाउन सकिने गरी कार्यक्रम तयार गरिएको हो।” इटहरीमा सञ्चालनमा रहेको उक्त पाँचतारे होटल ८ तलामा फैलिएको छ र यहाँ ८१ वटा सुविधा सम्पन्न कोठाहरू रहेका छन्। होटलमा रेष्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा तथा आउटडोर स्वीमिङ पुलजस्ता आधुनिक सेवा सुविधा उपलब्ध छन्। नयाँ वर्षको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले इटहरी क्षेत्रमा उत्साह थप्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्