विराटनगर । इन्डो–नेपाल अन्डर–१३ क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन विराटनगरस्थित लायन्स क्रिकेट एकेडेमीको टोली झापा प्रस्थान गरेको छ।
झापाको अर्जुनधारा नगरपालिकाको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता छिट्टै सुरु हुने तयारीमा रहेको छ। प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
विराटनगरको लायन्स क्रिकेट एकेडेमीले पनि आफ्नो टोली प्रतियोगितामा उतारेको छ। एकेडेमीका निर्देशक कुनाल खतिवडाका अनुसार टोलीका खेलाडीहरू प्रतिस्पर्धाका लागि पूर्ण रूपमा तयार रहेका छन्।
यस प्रतियोगिताले नेपाल र भारतका युवा क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ। साथै, यस्ता अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताले दुई देशबीचको खेलकुद सम्बन्ध अझ मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।