बिग होटल आठौँ वर्ष प्रवेश, कर्मचारी सम्मान र सांगीतिक कार्यक्रम

<span class='c1'>बिग होटल आठौँ वर्ष प्रवेश,</span> <span class='c2'>कर्मचारी सम्मान र सांगीतिक कार्यक्रम</span>

विराटनगर । विराटनगरको प्रतिष्ठित होटल ‘बिग होटल’ आजदेखि आठौँ वर्षमा प्रवेश गरेको छ । आफ्नो आठौँ वार्षिकोत्सव तथा नयाँ वर्ष २०८३ को अवसर पारेर होटलले स्थापनाकालदेखि नै निरन्तर सेवा दिँदै आएका कर्मचारीहरूलाई विशेष सम्मान गरेको छ ।

होटलको सफलतामा मेरुदण्डका रूपमा रहेका र लामो समयदेखि आबद्ध कर्मचारीहरूको श्रम र योगदानको कदर गर्दै सोमबार आयोजित एक विशेष समारोहमा उनीहरूलाई सम्मान गरिएको हो । होटलका सिइओ भरत खत्रीले कर्मचारीहरूलाई सम्मान पत्रसहित सम्मान गरेका थिए । यसरी सम्मानित हुनेहरूमा उद्धव भट्ट, सन्जय साह, नरेश कुमार श्रेष्ठ, राम कृष्ण शर्मा, लाउन्य राज पराजुली, मनिष कोइराला, अमृता राई, कविना राई, प्रदिप साह, लक्ष्मी मण्डल, रीता खड्का, निमा लामा रहेका छन् । उनीहरुलाइृ नगद र कदर पत्रसहितले सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै होटलका सिइओ खत्रीले कर्मचारीहरूको इमानदारिता र कडा मिहिनेतले नै बिग होटलले आजको उचाइ हासिल गरेको बताए । उनले भने, ‘स्थापनाकालदेखि हामीसँगै रहेर होटललाई यहाँसम्म ल्याउन भूमिका खेल्ने कर्मचारीहरूको योगदान हाम्रा लागि अमूल्य छ । उहाँहरूको सम्मान गर्नु हाम्रो कर्तव्य हो ।’



सांगीतिक साँझमा झुमे दर्शक

वार्षिकोत्सव तथा नयाँ वर्षको अवसर पारेर होटलले सोमबार राति भव्य ‘सांगीतिक साँझ’ को समेत आयोजना गरेको थियो । कार्यक्रममा चर्चित गायिका इन्द्रकला राईले आफ्नो विशेष सांगीतिक प्रस्तुति दिएकी थिइन् । गायिका राईले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा हलमा उपस्थित दर्शकहरू निकै उत्साहित देखिएका थिए । विशेषगरी उनको लोकप्रिय गीत ‘ऊफ मार्यो नि मायाले’ गाउँदा संगीतप्रेमी दर्शकहरूले उनलाई गायनमा साथ दिँदै छमछमी नाचेका थिए । कार्यक्रममा गायिका राईका साथै स्थानीय ब्यान्डको पनि सांगीतिक प्रस्तुति रहेको थियो ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि होटलले नयाँ वर्ष र वार्षिकोत्सवलाई विशेष उत्सवका रूपमा मनाउने परम्परालाई निरन्तरता दिएको छ । होटलले आगामी दिनमा पनि आफ्ना कर्मचारीहरूको मनोबल बढाउँदै ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्