झापामा सवारी दुर्घटना, प्रहरी हल्वदारको मृत्यु

<span class='c1'>झापामा सवारी दुर्घटना,</span> <span class='c2'>प्रहरी हल्वदारको मृत्यु</span>

बिर्तामोड। नयाँ वर्षको दिन झापामा अत्यधिक सवारी बढेको छ । दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरीका सहायक हवल्दार रहनुभएको छ ।

मङ्गलबार नयाँ वर्षका दिन साँझ ५ः३० बजे मेचीनगर – २ दुर्गा मन्दिरस्थित मदन भण्डारी राजमार्गमा तिरिङखोलाबाट बाहुनडाँगीतर्फ आउँदै गरेको मे ७ प ९६५ नं. मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार पाँचथर फिदिम १२ घर भई बीओपी बाहुनडाँगीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार वर्ष ३५ का सचिन तामाङ गंभीर घाइते हुनुभएको थियो ।

त्यस्तै मोटरसाइकल चालक झापा अर्जुनधारा १ घर भई बीओपी बाहुनडाँगीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार वर्ष ४० का डिल्लीराम सुबेदी सामान्य घाइते हुनुभएको थियो । उपचारको लागि दुवै जनालाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ६ः४५ बजे उपचारको क्रममा तामाङको मृत्यु भएको हो । मृतकको शव बीएण्डसी अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्