२ सय २५ केजी गाँ*जासहित २ जना पक्राउ

<span class='c1'>२ सय २५ केजी</span> <span class='c2'>गाँ*जासहित २ जना पक्राउ</span>

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित ओसार–पसारमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बाँसको झाकमुनी प्लास्टिकका ९ वटा बोरामा लुकाई–छिपाई राखिएको अवस्थामा २ सय २५ किलोग्राम गाँजा बरामद गरेको हो । सोही क्रममा बराहक्षेत्र नगरपालिका–६ का विशेष माझी र रोशन श्रेष्ठलाई को ३० प ९४७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गाँजा सहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्