झापामा नवजात शिशुको शव फेला

<span class='c1'>झापामा नवजात शिशुको</span> <span class='c2'>शव फेला</span>

झापा। झापाको शिवसताक्षी नगरपालिका ३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ । बुधबार राति ११ः५० बजे शिवसताक्षी–३ भोटे पुलमुनि नवजात शिशुको ( छोरा) शव फेला परेको हो । घटनाबारे प्रहरी चौकी धरमपुरमा जानकारी प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

सो घटनाबारेमा अनुसन्धान गर्न एकजना १३ वर्षीया नाबालिकालाई नियन्त्रणमा लिइएको छ । उहाँले जन्माएर फालेको आशङ्का गरिएको छ । ती नवजात शिशु मृत नै जन्मिएको वा नाबालिकाले हत्या गरेर फालेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्