भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक छैन् : स्वामी रामभद्राचार्य

<span class='c1'>भारतप्रति प्रधानमन्त्री बालेनको दृष्ट ठिक</span> <span class='c2'>छैन् : स्वामी रामभद्राचार्य</span>

जनकपुर । विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को भारतप्रति रवैया ठिक नरहेको बताएका छन् ।

आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका धर्म गुरु रामभद्राचार्यले बालेनको भारतप्रतीको दृष्टिको ठिक नरहेको र हिन्दूत्वप्रति पनि कुनै प्रेम नरहेको बताए । उनले प्रधानमन्त्री बालेनको मन भारत विरोधी नहुनुपर्ने सुझाव दिए । उनले बालेनको आकर्षण हिन्दूत्वप्रति हुनुपर्ने सुझाव दिए । उनले बालेन अहिले युवा रहेको र राजनीतिमा परिपक्व नभएको बताए । साथै उनले स्व.राजा विरेन्द्रकोे बेलामा हुने गरेका परम्पराहरु पुनः स्थापित गर्न सके अझ राम्रो हुने धारणा राखे । धर्मगुरु रामभद्रार्चायले नेपालमा धर्मान्तर हुने गरेको गुनासो गरे । उनले विगतमा धर्मान्तर गराउनेहरुको संख्यामा वृद्धि हुनु दुःखद रहेको बताए । उनले राजसंस्था फेरि आउनुपर्ने बताए ।

उनले नेपाल र भारत मिलेर एउटा महाशक्ति बन्नुपर्ने बताए । उनले नेपाल सरकारले चाहे हिन्दूराष्ट्रय पुनः कायम गर्न कुनै समय नलाग्ने जानकारी दिए । त्यस्तै, उनले नेपाल समृद्ध होस र कुनै देशमा निर्भर नहोस भन्ने कामना गरेका छन् । उनले खासगरी चीनसँग नेपाल कुनै किसिमले निर्भर नहुने पर्ने धारणा राखे । धर्म गुरु रामभद्राचार्य प्रत्येक वर्ष एक पटक जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आउने गर्छन । यहाँ आउँदा आफ्नो सम्धीको घर आएको महशुस हुने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्