मोरङ उद्योग व्यापार संघद्वारा नवनिर्वाचित सांसदसँग भेटघाट, उद्योगीका समस्या उठान

<span class='c1'>मोरङ उद्योग व्यापार संघद्वारा नवनिर्वाचित</span> <span class='c2'>सांसदसँग भेटघाट, उद्योगीका समस्या उठान</span>

सोनु साह
विराटनगर । मोरङ उद्योग व्यापार संघले नवनिर्वाचित प्रतिनिधिसभा सांसदहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मोरङ जिल्लाबाट निर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसदहरू र उद्योगी–व्यवसायीबीच मंगलबार विभिन्न समसामयिक विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा उद्योगी तथा व्यवसायीहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या, गुनासो तथा सुझाव सांसदसमक्ष राखेका थिए। संघका अध्यक्ष अनुप राठीले नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै पुष्पगुच्छासहित सम्मान गरेका थिए। उनले विराटनगर उद्योग नगरीका रूपमा चिनिए पनि अझै उद्योग करिडोरका समस्याहरू समाधान हुन नसकेको उल्लेख गर्दै ती समस्याहरू संसदमा उठाइदिन आग्रह गरे।अध्यक्ष राठीले सीमावर्ती क्षेत्रका व्यापारीहरू अवैध व्यापार र तस्करीबाट प्रभावित भएको बताए। उनका अनुसार अवैध कारोबारका कारण राज्यले राजश्व गुमाइरहेको हुँदा यसलाई दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक रहेको बताए। उनले वर्तमान सरकारप्रति आशावादी रहेको समेत बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सांसद लिमा अधिकारीले सुशासन स्थापनाका लागि राजनीतिक सिन्डिकेट तोड्न आवश्यक रहेको उल्लेख गर्दै आफ्नो पार्टी सोही दिशामा अग्रसर रहेको बताए। उनले उद्योग क्षेत्रका समस्याहरू सदनमा उठाउने प्रतिबद्धता जनाउँदै विराटनगरका समस्यालाई प्राथमिकताका साथ अघि बढाउने बताए। साथै, उद्योगी–व्यवसायीको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।


उनले देशमा बढ्दो बेरोजगारी समस्या समाधान गर्न स्वदेशमै रोजगारी सिर्जना, कच्चा पदार्थको व्यवस्थापन तथा आयात–निर्यात सन्तुलनमा सरकार केन्द्रित रहेको जानकारी दिए। निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्र सुदृढ बनाउने नीति सरकारले लिएको उनले बताए।

संघका उपाध्यक्ष पवन कुमार सारडाले नयाँ सरकारलाई तत्काल आलोचना गर्नु उपयुक्त नभएको धारणा राख्दै केही समय कामको मूल्याङ्कन गर्नुपर्ने बताए। उनले उद्योगीहरूलाई ठोस प्रमाणबिना पक्राउ गरिने अवस्थाले व्यवसायीहरूको मनोबल कमजोर बनेको गुनासो गरे। दोषीलाई कारबाही गर्नुपर्ने भए पनि निर्दोषलाई अन्याय नहोस् भन्नेमा जोड दिए।

निर्वतमान अध्यक्ष नबिन रिजालले पनि सांसदहरूलाई बधाई दिँदै देशको अर्थतन्त्र सुधारका लागि ठोस पहल गर्न आग्रह गरे। उनले भारत र चीनजस्ता छिमेकी मुलुक आर्थिक रूपमा अगाडि बढिरहँदा नेपाल पछाडि परेको उल्लेख गर्दै उपलब्ध स्रोत–साधनको सदुपयोग गर्नुपर्ने बताए।

रिजालले सीमा क्षेत्रमा हुने चोरी–पैठारी नियन्त्रणका लागि भन्सार दर तथा मूल्य अभिवृद्धि कर घटाउनुपर्ने सुझाव दिएका थिए। उनका अनुसार कर दर न्यूनीकरण गरे अवैध आयात स्वतः घट्ने विश्वास व्यक्त गरे। कार्यक्रममा सहभागी अधिकांश व्यवसायीहरूले मूल्यवृद्धि, अवैध व्यापार नियन्त्रण, उद्योगमैत्री नीति तथा बजार व्यवस्थापनका विषयमा गुनासा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्