राजविराजकाे नापी कार्यालयमा बम विस्फाेट

<span class='c1'>राजविराजकाे नापी कार्यालयमा</span> <span class='c2'>बम विस्फाेट</span>

सप्तरीको राजबिराज नगरपालिका ८ स्थित नापी कार्यालयमा शुक्रबार अपरान्ह अज्ञात समूहले बम बिष्फाेटन गराएको छ।
नापी कार्यालयको कम्पाउण्ड भित्र रहेको गाडी राख्ने ग्यारेजमा अज्ञात समूहले बम बिष्फाेटन गराएको जानकारी पाएसंगै तत्काल जिल्ला प्रहरी कार्यालय सप्तरीबाट टोली खटि गई अनुसन्धान शुरु गरेको थियाे ।
कार्यालय बन्द भएको समयमा कार्यालयको अगाडी पट्टी रहेको ग्यारेजमा प्रेसर कुकर भित्र कपडा, गिटी, बालुवा र बारुद राखी आगो लगाइ विष्फोटन गराएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
बिष्फाेटनबाट कुनै पनि मानबिय क्षति भने भएको छैन्। बिष्पोटनमा संलग्न ब्यक्तिहरुको खोजिकार्य भईहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्