भाेजपुरमा भरुवा बन्दुक बरामद, एक नियन्त्रणमा

<span class='c1'>भाेजपुरमा भरुवा बन्दुक</span> <span class='c2'>बरामद, एक नियन्त्रणमा</span>

भोजपुरको षडानन्द नगरपालिका १० बाट प्रहरीले शनिबार एक नाल भरुवा बन्दुक बरामद गरेको छ।
बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय साङपाङबाट खटिएको प्रहरीको टोलीले सोही नगरपालिका बस्ने २४ बर्षिय दिपेन्द्र राईको घरबाट भरुवा बन्दुक बरामद गरेको हो।
सुराकी पाएसंगै राईको घरमा खानतलासी गर्ने क्रममा बाँसको टाटीमा काठको फल्याकले छोपेर राखेको अबस्थामा बारुद र छर्रा लोड गरिएको एक नाल भरुवा बन्दुक फेला परेको थियो।
बन्दुकसहित राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्