औषधी व्यवसायी संघ मोरङद्वारा स्थापना दिवसका कार्यक्रम सार्वजानिक

<span class='c1'>औषधी व्यवसायी संघ मोरङद्वारा</span> <span class='c2'>स्थापना दिवसका कार्यक्रम सार्वजानिक</span>

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५३ औं स्थापना दिवसको अवसर पारेर मोरङमा सप्ताहाव्यापी कार्यक्रम आयोजना गरिने भएको छ । संघको आगामी असार १० गते स्थापना दिवस पर्दछ । आगामी असार ४ गतेदेखि १० गतेसम्म नेपाल औषधी व्यवसायी संघ मोरङले कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिइएको छ ।

संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रम बारे जानकारी दिएका हुन् । संघले ४ गते कोशी अस्पताल, बाल विभाग तथा कुपोषण शाखामा फलफूल वितरण गर्ने, ५ गते मिल्स माध्यमिक विद्यालयमा लागुऔषध र मनोद्धिपक औषधी सचेतना गराउने, ६ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई लागुऔषध किट हस्तान्तरण गरिने कार्यक्रम राखिएको छ ।

यसैगरी अध्यक्ष ढकालका अनुसार ७ गते बेलबारीमा औषधी भण्डारण र बिक्री, प्रयोगका बारेमा अभिमुखीकरण तालिम, ८ गते मानव सेवा आश्रम विराटनगरमा भोजन गराउने, ९ गते रक्तदान र १० गते दिपप्रज्ज्वलन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्