बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

<span class='c1'>बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका</span> <span class='c2'>मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह</span>

काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ ।

परिवारद्वारा जारी विज्ञप्तिअनुसार होर्हे मेस्सीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहे पनि उनी चिकित्सकको निगरानीमा छन् । पछिल्ला केही घण्टायता सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विभिन्न हल्ला र अड्कलबाजीप्रति परिवारले असन्तुष्टि व्यक्त गर्दै यसलाई पूर्ण रूपमा निजी पारिवारिक विषय भएको जनाएको छ । विश्वकपको उद्घाटन खेलमा अल्जेरियाविरुद्ध गोल गरेपछि लियोनल मेस्सी भावुक हुँदै आँसु झारेका थिए । खेलपछि उनले आफू भावुक हुनुको कारण खेलसँग सम्बन्धित नभई व्यक्तिगत विषय रहेको बताएका थिए ।यो खेलसँग सम्बन्धित विषय थिएन । पछिल्ला केही दिन मेरो लागि निकै कठिन र जटिल थिए । टोलीका सबै सदस्य र सहकर्मीहरूले सधैंझैँ साथ र हौसला दिएका छन्, त्यसका लागि म आभारी छु,’ मेस्सीले बताएका थिए । परिवारले जारी गरेको वक्तव्यमा होर्हे मेस्सीको वास्तविक स्वास्थ्य अवस्थाबारे नजिकका आफन्तबाहेक अरू कसैलाई जानकारी नभएको उल्लेख गर्दै आधिकारिक स्रोतबाहेकका सूचना सत्य नमान्न आग्रह गरेको छ । साथै व्यक्तिको स्वास्थ्य र परिवारको मानसिक शान्तिलाई अफवाह र गैरजिम्मेवार अड्कलबाजीको विषय नबनाउन आग्रह गर्दै गोपनीयताको सम्मान गर्न सबैसँग अपिल गरिएको छ । आवश्यक जानकारी उचित समयमा परिवारकै आधिकारिक माध्यमबाट सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

यता मेस्सीले हालै फिफा विश्वकपमा आफ्नो पहिलो ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासमा १६ गोलसहित जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान बराबरी गरेका छन्। उनले अर्जेन्टिनाका लागि आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेका छन् । अर्जेन्टिनाले अब जुन २२ मा टेक्सासमा अस्ट्रियाविरुद्ध आफ्नो अर्को खेल खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्