होटेल म्यानेजमेन्टका नवप्रवेशी विद्यार्थीलाई अरनिको कलेजको अभिमुखीकरण

<span class='c1'>होटेल म्यानेजमेन्टका नवप्रवेशी विद्यार्थीलाई</span> <span class='c2'>अरनिको कलेजको अभिमुखीकरण</span>

विराटनगर । विराटनगर–१० स्थित अरनिको कलेजले होटल म्यानेजमेन्ट संकायमा भर्ना भएका नवप्रवेशी विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

सास्थम कलेजको प्राविधिक सहयोगमा सञ्चालित अरनिको कलेजमा कक्षा ११ होटल म्यानेजमेन्ट संकायको २१औँ ब्याचमा अध्ययनका लागि भर्ना भएका करिब ५५ जना विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, अध्ययन प्रणाली तथा उपलब्ध अवसरबारे जानकारी गराइएको थियो।

कार्यक्रममा सास्थम कलेजका क्याम्पस प्रमुख विनय केसीले विद्यार्थीलाई अनुशासित अध्ययन, सीप विकास र व्यवहारिक ज्ञान हासिल गर्न प्रेरित गर्दै पर्यटन तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सास्थम कलेजको महत्वपूर्ण योगदान रहेको बताए। उनले गुणस्तरीय शिक्षामार्फत कलेजले कोशी प्रदेशमै होटल व्यवस्थापन अध्ययनको अग्रणी शैक्षिक संस्थाका रूपमा पहिचान स्थापित गर्न सफल भएको उल्लेख गरे।

अभिमुखीकरण कार्यक्रममा सास्थम कलेजका प्रवन्ध निर्देशक रोशनबहादुर थापा, क्याम्पस प्रशासन प्रमुख राजेश गुरुङ, बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश, बीबीए प्लस टु को-अर्डिनेटर सुशिल खनाल तथा क्याम्पस व्यवस्थापक महेश्वर सिंहलगायतले कलेजका शैक्षिक कार्यक्रम, अध्ययन पद्धति र भविष्यका अवसरबारे जानकारी गराएका थिए।

कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै नवप्रवेशी विद्यार्थीलाई स्वागत गरेका थिए। हाल सास्थम कलेजमा बीएचएम, बीबीए, एमबीए तथा एमबीएचएम कार्यक्रम सञ्चालनमा रहेका छन्। कलेजमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्