धनकुटामा आज बिहान मालबाहक ट्रक दुर्घटना

<span class='c1'>धनकुटामा आज बिहान</span> <span class='c2'>मालबाहक ट्रक दुर्घटना</span>

धनकुटा बैशाख ३१ , धनकुटाको आँखिसल्लामा आज बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ट्रकमा कार्यरत धनकुटा नगरपालिका–९ की ३४ बर्षीया जमुना राई घाईते भएकी छन ।

उनको स्थानीय स्वास्थ्य सस्थामा उपचार भईरहेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।ईटहरीबाट आँखिसल्लाको थलथले बजार तर्फ जाँदै गरेको ना.६ ख ७७८८ नम्बरको ट्रक खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिका–६ स्थित बिदाई चौक नजिक दुर्घटना भएको हो । बिपरीत दिसाबाट आईरहेको माईक्रोलाई ‘साईड’ दिने क्रममा सडक छेउबाट ट्रक पल्टिएको स्थानीय सञ्चारकर्मी नरेन्द्र राईले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार थलथले बजारका लागि चामल, भुँस र अण्डा लिएर उक्त ट्रक आउँदै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्