बुद्धनगरमा आज एक युवकले गरे आत्मदाह प्रयास

<span class='c1'>बुद्धनगरमा आज एक युवकले</span> <span class='c2'>गरे आत्मदाह प्रयास</span>

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकले आज बिहान आत्मदाहको प्रयास गरेका छन् । शनिबार बिहान ४५ वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन् ।

राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । अस्पताले राउतको शरीरको ५५ प्रतिशत जलेको जनाएको छ । उनले भने, ‘आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतलाई उद्धार गरेर वीर अस्पतालमा पुर्याएका थियौं । उनको हाल वीर अस्पतालमा उपचार जारी छ ।’

उनका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्