झापामा चट्याङले १ को मृत्यु

<span class='c1'>झापामा चट्याङले १</span> <span class='c2'>को मृत्यु</span>

झापा, जेठ ७

झापाको हल्दिबारी-३ मा शनिबार परेको चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन्।

साँझ ५ बजेतिर अचानक परेको चट्याङले हल्दिबारी-३ बस्ने ५० बर्षिया लिला बानियाँको मृत्यु भएको छ। गम्भिर घाइते भएकी बानियाँलाई उपचारकोलागी मेची अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

साथै सोही ठाउँका राधिका बानियाँको ११ बर्षिय छोरा अनिल बानियाँ र महेश बानियाँको श्रीमती २३ बर्षिया सोरधनी मिस्त्री घाइते भएका छन्। उनीहरुको मेची अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरी चौकी जलथलले जनाएको छ।

त्यस्तै हल्दिबारी ४ बस्ने ५५ बर्षिया नर्बदा पोख्रेल समेत चट्याङ लागेर बेहोस भएकी छिन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्