‘लज्जावती’ को ट्रेलर सार्वजनिक

<span class='c1'>‘लज्जावती’ को</span> <span class='c2'>ट्रेलर सार्वजनिक</span>

काठमाडौं । सिनेमा ‘लज्जावती’को ट्रेलर सार्वजनिक भएको छ । साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा प्रेममा हुने माया, धोका, विछोडपछि जीवनमा आइपर्ने संघर्ष र उतारचढाव प्रस्तुत गरिएको छ । जसलाई निर्देशकले दुई प्रेमिल जोडीको प्रेमकथामार्फत देखाएका छन् । सिनेमामा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखाइएको छ भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीका रूपमा प्रस्तुत भएका छन् । कथा यिनै पात्रहरूको जीवन वरिपरि घुमेको छ । सुरुवातमा निकै रमाइलो देखिने उनीहरूको पारिवारिक सम्बन्ध र मित्रता समयसँगै विभिन्न कठिनाइ, अभाव र सामाजिक दबाबका कारण जटिल मोडमा पुगेको ट्रेलरमा देखाइएको छ । यही २९ साउनदेखि प्रदर्शनमा आउने सिनेमाका निर्देशक राजबहादुर साने हुन् । निर्देशक सानेकाअनुसार सिनेमाले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव र संघर्षलाई प्रस्तुत गरेको छ । सिनेमामा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलले अभिनय गरेका छन् ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् । त्यस्तै, सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ । दिव्यराज सुवेदीको छायांकन रहेको सिनेमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्