झापाबाट भारतीय रुपैयाँसहित एक पक्राउ

<span class='c1'>झापाबाट भारतीय रुपैयाँसहित</span> <span class='c2'>एक पक्राउ</span>

झापाको मेचीनगर नगरपालिका ६ भन्सारस्थित मुलगेटबाट प्रहरीले आईतबार भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतीय रुपैयाँसहित भारत सिक्किम बस्ने २१ बर्षिय दिवन सुब्बालाई पक्राउ गरेको हो।
सुब्बाको साथबाट प्रहरीले भारतीय ३ लाख ३३ हजार ६ सय ४० रुपैयाँ बरामद गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
शरिरको बिभिन्न भागमा लुकाई छिपाई नेपालतर्फ आउँदै गरेका उनलाई शंकालागी चेकजाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ फेलापारी नियन्त्रणमा लिईएको हो।
पक्राउ परेका उनीउपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्