आधुनिक समयमा जात-जाति र धर्मको नाममा राजनीतिकरण गर्नु अनुचित

<span class='c1'>आधुनिक समयमा जात-जाति र धर्मको</span> <span class='c2'>नाममा राजनीतिकरण गर्नु अनुचित</span>

नेपालको इतिहासलाई प्रचीन,मध्य र आधुनिक नेपाल गरी तीन भागमा विभाजन गर्ने गरेको देखिन्छ। प्रचीन र मध्यकाल पनि धार्मिक सहिष्णुता देखिन्छ। आधुनिक नेपाल भन्नाले वि.स १८२५ मा पृथ्वीनारायण शाहले एकीकरण अभियानमा विजय हासिल गरेपछिको समयलाई जनाउँछ। नेपालमा यस आधुनिक युगको थालनी भएपछि पनि नेपालमा थुप्रै जातजाति तथा धर्ममा आस्था राख्ने मानिसका समूहहरू थिए, तर त्यसबेला नेपालमा जात तथा धर्म जस्ता सांस्कृतिक कुराको आधारमा सत्ता सञ्चालन वा राजनैतिक पहिचान गराएको पाइँदैन। यस्तै नेपाली समाजको राणाकालमा पनि १०४ वर्षसम्म निरङ्कुश जहानिया शाशन सञ्चालन भयो। त्यसबेला पनि थुप्रै जाति तथा धार्मिक सम्प्रदायहरू थिए। त्यसबेलाका राणा शासकहरूले जात वा धर्म जस्ता सांस्कृतिक कुराको आडमा आफ्नो राजनैतिक पहिचान गराएनन् बरू भाइ भारदारहरूको बीचमा झगडा , गुटबन्दी जस्ता कारणबाट राजनैतिक शक्तिलाई ह्त्याउने गरेको देखिन्छ। वि.स २००७ मा प्रजातन्त्रको स्थापना पछिपनि सम्पूर्ण जात तथा धर्ममा आस्था राख्ने सबैलाई अझ आदरभाव गर्दे जनता नै शाशनको मेरुदण्ड हो भन्ने सिद्धान्त व्यवहारमा लागु भयो। जनताको विश्वास जित्न कसैले पनि जात वा धर्म जस्तालाई हतियार बनाएर राजनैतिक पहिचान गराएनन्। संसदिय व्यवस्था असफल बनाई ३० वर्ष सम्म चलेको पञ्चायती शासन व्यवस्थाले पनि जात वा धर्मको आडम्बरतालाई राजनीतिको केन्द्रबिन्दु बनाएन।

यस्तैगरी नेपालमा वि.स २०४६ र वि.स २०६२-६३ को जनआन्दोलन पछि पुन प्रजातन्त्रिक लोकतन्त्रको स्थापना भएको छ।यसमा पनि कुनै जाति विशेष वा धर्म विशेष जस्तो सांस्कृतिक कुरालाई आधार बनाएर प्रजातन्त्रको पुनःस्थापना गरिएको थिएन। देशमा भएका सम्पूर्ण जाति तथा धार्मिक समुदायका सदस्यहरूको आपसी मेल र बलिदानबाट नै प्रजातन्त्रिक राजनैतिक संस्कारको पहिचान गरिएको हो। संविधानमा पनि नेपाललाई धर्म निरपेक्ष राष्ट्र धोषित गरिएको छ। संविधानमा मौलिक हक अन्तर्गत धारा २६ मा धार्मिक स्वतन्त्रताको हक समावेश गरिएको छ। यति राम्रो धार्मिक प्रबर्द्धन र मिश्रित संस्कृतिको अवधारणाले उच्चता पाएको नेपालमा हाल आएर जात-जाति र धर्मका नाममा मनगणन्ते कुरालाई अगाडि ल्याएर सदियौ देखि रहेको सदभाव र आस्थालाई खलल पुर्याई आतङ्कवादको राजनीतिकरण गर्न खोज्नु कदापी उचित ठहरिँदैन।

- राजेश्वरी सापकोटा लम्साल
(समाजशास्त्री)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्