अटोसहित लत्ताकपडा र किराना सामान सशस्त्रद्वारा नियन्त्रण

<span class='c1'>अटोसहित लत्ताकपडा र किराना</span> <span class='c2'>सामान सशस्त्रद्वारा नियन्त्रण</span>

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वाटर कंकालिनी मोरङ्गबाट खटिईएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याएको पाँच लाख ७४ हजार ४७९ रुपिँयाको सामानसहित प्रदेश १–०२–००२ ह ९६८१ नम्बरको अटो नियन्त्रणमा लिइएको छ ।
लत्ताकपडा र किराना सामानसहित बोकेको अटोको भन्सार मुल्य ४ लाख समेत गरेर जम्मा ९ लाख ७४ हजार ४७९ बराबरको सामान भन्सारमा बुझाइएको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपि डोरियाबाट १ वटा गाई र १ वटा बाछा र अन्य मातहत कार्यलयबाट किराना सामानहरु समेत बरामद गरेर भन्सार दाखिला गरिएको छ । यसरी नियन्त्रणमा लिइएको थप पशु तथा सामानको समेत गरी जम्मा भन्सार मूल्य १० लाख १५ हजार ६७९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्