डढेलो फैलिएपछि इन्डोनेसियाको राष्ट्रिय निकुञ्ज बन्द

<span class='c1'>डढेलो फैलिएपछि इन्डोनेसियाको</span> <span class='c2'>राष्ट्रिय निकुञ्ज बन्द</span>

जकार्ता। इन्डोनेसियाको पूर्वी जाभामा रहेको ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्जमा करिब एक सातादेखि डढेलो फैलिएपछि अधिकारीहरूले राष्ट्रिय निकुञ्जमा पर्यटकको प्रवेशमा रोक लगाएका छन् ।

माउन्ट ब्रोमो नजिकै रहेको उक्त राष्ट्रिय निकुञ्जमा सोमबारदेखि लागेको डढेलोले हालसम्म करिब १७६ हेक्टर क्षेत्रफलमा क्षति पुर्याएको राष्ट्रिय विपद न्यूनीकरण एजेन्सीले जनाएको छ । एजेन्सीका प्रवक्ता अब्दुल मुहारीका अनुसार डढेलोका कारण हालसम्म मानवीय क्षति वा सम्पत्तिमा क्षति भएको विवरण प्राप्त भएको छैन । आगलागी नियन्त्रणका लागि दुईवटा पानी बम प्रहार गर्ने हेलिकप्टर परिचालन गरिएको छ । भिरालो भूभाग र तीव्र हावाका कारण जमिनबाट पुग्न कठिन क्षेत्रमा आगो निभाउन हवाई उद्धार तथा अग्नि नियन्त्रण अभियान सञ्चालन गरिएको प्रवक्ता मुहारीले बताए। यसअघि सन् २०२३ मा माउन्ट ब्रोमो क्षेत्रमा लागेको डढेलोले ५०० हेक्टरभन्दा बढी वन क्षेत्र जलेर नष्ट भएको थियो । विवाहपूर्वको तस्बिर खिच्ने क्रममा एक जोडीले आगो बाल्दा उक्त डढेलो फैलिएको थियो ।

इन्डोनेसियामा यस वर्ष सुख्खा मौसम अझ तीव्र र लामो हुने अनुमान गरिएको छ । मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी)का अनुसार एल निनो मौसमी घटनाका कारण देशमा डढेलो र खडेरीको जोखिम बढ्न सक्छ । यस वर्षको पहिलो छ महिनामा इन्डोनेसियामा एक लाख सात हजार हेक्टरभन्दा बढी क्षेत्रफल डढेलोबाट प्रभावित भएको बताइएको छ । यो सन् २०२३ को सोही अवधिमा डढेलोबाट प्रभावित क्षेत्रफलभन्दा करिब दोब्बर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्