तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

<span class='c1'>तेक्वान्दोमा ४ स्वर्णसहित</span> <span class='c2'>१५ पदक</span>

काठमाडौं । चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य गरी १५ पदक जितेका छन् ।

उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।

लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत हात पारे । सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य प्राप्त गरे । टोली प्रशिक्षकमा पुजन खड्का रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्