रोहिङ्ग्या संकटमा विश्वको ध्यान फेरि केन्द्रित गर्न संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेसको आह्वान

<span class='c1'>रोहिङ्ग्या संकटमा विश्वको ध्यान फेरि केन्द्रित</span> <span class='c2'>गर्न संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेसको आह्वान</span>

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन २०१७ मा म्यान्मारमा रोहिङ्ग्या समुदायमाथि भएको हिंसात्मक घटनाको करिब एक दशकपछि रोहिङ्ग्या संकटप्रति विश्व समुदायको ध्यान पुनः केन्द्रित गर्दै तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा सोमबार उनले म्यान्मार, बंगलादेश तथा क्षेत्रका अन्य स्थानमा रहेका रोहिङ्ग्या समुदायले बढ्दो असुरक्षा, संरक्षणको खुम्चिँदो दायरा र दीर्घकालीन समाधानको घट्दो सम्भावनाको सामना गरिरहेको बताएका हुन् । उनले अन्तर्राष्ट्रिय सहयोगमा आएको कटौतीका कारण जीवनरक्षक मानवीय सहायता समेत प्रभावित भएको उल्लेख गरे । गुटेरेसले रोहिङ्ग्या संकटको दीर्घकालीन समाधानका लागि म्यान्मारको राजनीतिक संकटका मूल कारण सम्बोधन गर्ने समावेशी र व्यापक राजनीतिक समाधानमा विश्व समुदायले सामूहिक प्रयास बलियो बनाउनुपर्नेमा जोड दिए । उनले म्यान्मारमा स्वेच्छिक, सुरक्षित, सम्मानजनक र दिगो रूपमा रोहिङ्ग्याको फिर्तीका लागि अनुकूल वातावरण नबन्दासम्म मानवीय सहायता, जीविकोपार्जनका अवसर र आत्मनिर्भरता प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

सन् २०१७ मा म्यान्मारको रखाइन राज्यमा भएको हिंसापछि सात लाख ५० हजारभन्दा बढी रोहिङ्ग्या मुस्लिम बंगलादेश पलायन भएका थिए । संयुक्त राष्ट्रसंघले उक्त घटनालाई जातीय सफायाको पाठ्यपुस्तक उदाहरण भनेर वर्णन गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार अहिले बंगलादेशको कक्स बजार क्षेत्रमा करिब १० लाख रोहिङ्ग्या शरणार्थी बसोबास गरिरहेका छन् । उनीहरूको सुरक्षित र सम्मानजनक रूपमा म्यान्मार फिर्तीनै संकटको सबैभन्दा उपयुक्त र दिगो समाधान भए पनि त्यसका लागि आवश्यक वातावरण अझै बनेको छैन । संयुक्त राष्ट्रसंघले रोहिङ्ग्या शरणार्थी र उनीहरूलाई आश्रय दिइरहेका समुदायलाई सहयोग जारी राख्नु मानवीय दायित्व मात्र नभई मानवअधिकार संरक्षण, क्षेत्रीय स्थिरता कायम राख्ने र शरणार्थी समुदायलाई बेवास्ता हुन नदिने दृष्टिले पनि अत्यावश्यक रहेको जनाएको छ । एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्