विराटनगर १५ मा गणेश चतुर्थी पुजा , उठेको भेटी भोटेकोशी बाढीपीडितलाई सहयोग गरिने

<span class='c1'>विराटनगर १५ मा गणेश चतुर्थी पुजा ,</span> <span class='c2'>उठेको भेटी भोटेकोशी बाढीपीडितलाई सहयोग गरिने</span>

विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीस्थित हरिनगर भट्टाचोकमा विगत २० वर्षदेखि निरन्तर हुँदै आएको गणेश पूजा यस वर्ष पनि भव्य रूपमा मनाउने तयारी गरिएको छ।

स्थानीय युवाहरूको सक्रियतामा आयोजना हुँदै आएको गणेश पूजामा यसपटक संकलन हुने भेटी तथा दक्षिणा रसुवाको भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ।

गणेश चतुर्थीका अवसरमा आज साँझ विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ। त्यसका लागि आयोजक समितिले पण्डाल निर्माण गर्नुका साथै भगवान गणेशको मूर्ति स्थापना गर्ने तयारी तीव्र बनाएको छ ।

पूजासँगै बुधबार साँझ भव्य सांस्कृतिक कार्यक्रम तथा भजन–कीर्तनसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्