कोशी प्रदेशमा कहाँ कहाँ सडक अवरोध

<span class='c1'>कोशी प्रदेशमा कहाँ</span> <span class='c2'>कहाँ सडक अवरोध</span>

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। शुक्बार अपरान्हसम्म अद्यावधिक विवरणअनुसार कोशी, उपत्यका, बागमती र गण्डकी प्रदेशका दर्जनौँ सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरूमा पनि बाढी र पहिरोले सडक सञ्जाल विच्छेद गरेको छ। पाँचथरको तुम्बेवास्थित नावाखोलामा आएको बाढीले तमोर कोरिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। ओखलढुङ्गाको मानेभञ्ज्याङस्थित भँडारे खोलामा बाढी आउँदा सिद्धिचरण लोकमार्गमा सवारी साधन चल्न सकेका छैनन्।

सोलुखुम्बुमा भारी वर्षाको पूर्वानुमान रहेकाले असोज १२ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण सवारी साधन तथा पैदल यात्रीलाई समेत हिँडडुल गर्न रोक लगाइएको छ। भोजपुरको मध्यपहाडी लोकमार्ग र इलामको मेची राजमार्गमा पनि रात्रिकालीन समयमा सवारी चलाउन पूर्ण रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्