सीएनआईवाईईएफ कोशीको तेस्रो साधारणसभा सम्पन्न, रजत सहवाला अध्यक्षमा चयन

<span class='c1'>सीएनआईवाईईएफ कोशीको तेस्रो साधारणसभा सम्पन्न,</span> <span class='c2'>रजत सहवाला अध्यक्षमा चयन</span>

बिर्तामोड । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) कोशीको तेस्रो वार्षिक साधारणसभा बिर्तामोडस्थित होटल किङ्सबरीमा सम्पन्न भएको छ। साधारणसभाले रजत सहवालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसंघ (CNI) का राष्ट्रिय अध्यक्ष सुगम घिमिरे, CNI कोशीका अध्यक्ष पवन सारडा, उपाध्यक्ष भीम घिमिरे तथा प्रमुख सल्लाहकार महेश जाजुलगायतको उपस्थिति थियो।

साधारणसभाबाट रजत सहवाला अध्यक्षमा चयन भएका छन्। त्यस्तै लर्निङ चेयरमा केशव राठी, को–लर्निङमा शरद जोशी, फाइनान्स चेयरमा संकेत बंसल, मेम्बरशिप चेयरमा जितेश अग्रवाल र को–मेम्बरशिपमा धडकन कट्टेल चयन भएका छन्। त्यसैगरी मिडिया एण्ड कम्युनिकेसनमा सुशान्त न्यौपाने, स्टार्टअप एण्ड आईटीमा आयुष भगत, ग्रोथ एण्ड एक्स्पान्सनमा कुणाल शाह, रिलेसन एण्ड एलायन्समा अश्विनी गोल्छा तथा इन्टरनेसनल रिलेसनमा तुषार तोदी चयन भएका छन्।

साधारणसभाबाट साहिल जोडानी, पियुष अग्रवाल, पियुष कोठारी, देव गोयल, अमन अग्रवाल, रियाज ढकाल, प्रवास थापा मगर, आइरिस राज पोखरेल, टोपबहादुर खड्का, गौरव धनुका, गौरव श्रेष्ठ र निराग गौतम नयाँ सदस्यका रूपमा मञ्चमा आबद्ध भएका छन्।
कार्यक्रममा युवा उद्यमीहरूको क्षमता विकास, स्टार्टअप प्रवर्द्धन, लगानी विस्तार, व्यावसायिक सहकार्य तथा कोशी प्रदेशमा उद्यमशील वातावरण निर्माणका विषयमा छलफल भएको थियो।

नयाँ कार्यसमिति चयनसँगै CNIYEF कोशीले युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, सहकार्य र उद्यमशीलताको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्