विराटनगरका अभियानकर्मीलाई दुईदिने नागरिक सहभागिता कार्यशाला

<span class='c1'>विराटनगरका अभियानकर्मीलाई दुईदिने</span> <span class='c2'>नागरिक सहभागिता कार्यशाला</span>

विराटनगर असोज १९ ,

धनकुटाको भेडेटारमा दुईदिने नागरिक सहभागिता कार्यशाला सम्पन्न भएको छ।

विकल्प–एन अल्टरनेटिभको आयोजनामा तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा आयोजित कार्यशालामा युवा अभियन्ता, उद्यमी, सामाजिक कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यशालामा नागरिक सहभागिता, सामाजिक उत्तरदायित्व, प्रभावकारी सेवा प्रवाह तथा प्रणाली सुधारमा युवाको भूमिका लगायतका विषयमा छलफल र अन्तरक्रिया गरिएको थियो।

सहभागीहरूले समाजमा सकारात्मक परिवर्तनका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै जवाफदेही, पारदर्शी र नागरिकमैत्री प्रणाली निर्माणका लागि सहकार्य र सामूहिक पहललाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।

दुई दिनसम्म चलेको कार्यक्रममा सहभागीहरूबीच अनुभव आदानप्रदान, समूहगत छलफल तथा विभिन्न सामाजिक विषयमा अन्तरक्रियासमेत गरिएको थियो। कार्यशालाले युवालगायत विभिन्न क्षेत्रका नागरिकलाई सामाजिक परिवर्तन र प्रभावकारी सेवा प्रवाहका लागि सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्