कांग्रेस महाधिवेशनमा आज विहानबाट नयाँ नेतृत्व चुन्न मतदान सुरु

<span class='c1'>कांग्रेस महाधिवेशनमा आज विहानबाट नयाँ</span> <span class='c2'>नेतृत्व चुन्न मतदान सुरु</span>

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

आज बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो । गण्डकी प्रदेश अन्तर्गत कास्की २ का ८१ वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको सुरुवात गरेका हुन् । यसअघि बिहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।


निर्वाचन समितिका अनुसार एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । मतदान स्थल निर्माणमा सहभागीले दिएको जानकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान छ ।निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशन प्रतिनिधिहरू ७ हजार ३१७ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्