भारतबाट भन्सार छली ल्याइएका ९ लाखभन्दा बढीका सामान सशस्त्र प्रहरी मोरङद्धारा बरामद

<span class='c1'>भारतबाट भन्सार छली ल्याइएका ९ लाखभन्दा</span> <span class='c2'>बढीका सामान सशस्त्र प्रहरी मोरङद्धारा बरामद</span>

 विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको करिब ९ लाख ५ हजार रुपैयाँ बराबरको विभिन्न सामान र तीन वटा मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ३ गण मोरङअन्तर्गत सीमा सुरक्षा गुल्म रानी, बीओपी सिक्टी, बीओपी जहदा भुटाहा र बीओपी रंगेलीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विभिन्न स्थानबाट सामान बरामद गरेको हो। बरामद सामग्रीमा विभिन्न किसिमका किराना सामान, लत्ताकपडा तथा औषधि रहेका छन्।

साथै, तीन वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका मोटरसाइकल तथा सामानको भन्सार मूल्य ९ लाख ५ हजार ४ सय ९० रुपैयाँ रहेको जनाइएको छ। सशस्त्र प्रहरीले बरामद सबै सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्