विराटनगर । प्रदेश स्काउट कार्यालय, कोशीको आयोजनामा नेपाल स्काउट, कोशी प्रदेशका प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री गीता तिम्सिनाको दीक्षान्त समारोह असोज २१ गते सम्पन्न भयो।
सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित उक्त समारोहमा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले मन्त्री तिम्सिनालाई दीक्षान्त प्रदान गरे। समारोहमा नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य किरण गिरी र नवलप्रसाद उपाध्याय, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख दुर्गाप्रसाद सिग्देल, शिक्षा अधिकृत हरिप्रसाद दाहालका साथै प्रदेश आयुक्तहरू, स्थानीय प्रमुख आयुक्तहरू र स्काउट लिडरहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन प्रदेश सुशासन श्रोत विकास तथा वित्त आयुक्त समर्पण खतिवडाले गरे।