विराटनगरमा शनिबार ‘किङ्स स्ट्रिट कार्निभल’ हुँदै

<span class='c1'>विराटनगरमा शनिबार ‘किङ्स</span> <span class='c2'>स्ट्रिट कार्निभल’ हुँदै</span>

विराटनगर असोज ३० ,

नेपाल प्रिमियर लिगको टोली विराटनगर किङ्सको प्रवर्द्धन तथा खेलप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले भोलि शनिबार (अक्टोबर १७, २०२६) विराटनगरको महेन्द्र चोकमा 'किङ्स स्ट्रिट कार्निभल' आयोजना हुने भएको छ।

स्ट्रिट कार्निभलमा दर्शक तथा स्थानीयहरूका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, खेलकुद तथा खानपानका स्टलहरू राखिने आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा लाइभ म्युजिक प्रस्तुत गरिनेछ, जसमा चर्चित स्मृति ब्यान्ड, श्रीकृष्ण लुइँटेल बोके दाह्री र डिजे एके ले आफ्नो धमाकेदार प्रस्तुति दिनेछन्।

यसका साथै कार्निभलमा सहभागी हुने आगन्तुकहरूका लागि विभिन्न उपहारहरू , रोचक खेलहरू तथा स्वादिष्ट परिकारहरूका फूड स्टलहरूको व्यवस्था गरिएको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत रहेको विराटनगर किङ्स र एक्सट्रिम इनर्जी ड्रिङ्कको सहकार्यमा हुन लागेको यस कार्यक्रमले सहरमा क्रिकेटको माहोल तताउनुका साथै पारिवारिक तथा युवा पुस्तालाई उत्कृष्ट मनोरञ्जन दिने अपेक्षा गरिएको छ। आयोजकले महेन्द्र चोकमा उपस्थित भई कार्निभलको भरपुर आनन्द लिन सम्पूर्ण नगरवासी तथा क्रिकेटप्रेमीहरूलाई आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्