इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द केसीद्वारा सत्याग्रह सुरु

<span class='c1'>इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै</span> <span class='c2'>डा. गोविन्द केसीद्वारा सत्याग्रह सुरु</span>

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेका छन्। इलाम, ताप्लेजुङ र पाँचथरका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन इलाममा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने मागसहित उनले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन्।

डा. केसीले इलामस्थित नारायणस्थानमा सत्याग्रह सुरु गरेका हुन्। पूर्वी पहाडी जिल्लाका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले इलाममा मेडिकल कलेज सञ्चालन हुनुपर्ने उनको माग छ। उनले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले यसअघि गरेका सहमति कार्यान्वयन नगरेको आरोपसमेत लगाएका छन्। सरकारले माग पूरा गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरी आफूलाई पटक–पटक झुक्याउँदै आएको उनको भनाइ छ।

डा. केसीले न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने र मापदण्डविपरीत विभिन्न कलेजमा सिट वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी उनीहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछिका निर्णयबारे उच्चस्तरीय निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। छानबिनबाट दोषी ठहरिने पदाधिकारीलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्