मापसेले दुर्घटना बढाएपछि विराटनगरमा १० बजे होटल बन्द गर्न स्थानीय प्रशासनको निर्देशन

<span class='c1'>मापसेले दुर्घटना बढाएपछि विराटनगरमा १० बजे</span> <span class='c2'>होटल बन्द गर्न स्थानीय प्रशासनको निर्देशन</span>

विराटनगर । विराटनगरमा बिहीबार साँझ स्थानीय प्रशासनको निर्देशनमा मोरङ प्रहरीले रातभर होटल तथा रेष्टुरेन्टको निगरानी ग¥यो । यस क्रममा तीनजनालाई नियन्त्रणमा समेत लियो । रात्रीकालिन होटल सञ्चालन मापदण्ड भित्र नभएको भन्दै स्थानीय प्रशासनले शुक्रबार नै यस विषयमा सरोकारवाला समेतको उपस्थितिमा एउटा निर्णय लियो । जसमा अब १० बजे प्रत्येक होटलको गेट बन्द भइसक्नुपर्ने अनि १०ः३० बजे होटल पूर्ण रुपमा खाली गराउनुपर्ने शर्त राखिएको छ ।

प्रहरीले पक्राउ गरेका व्यक्तिको विषयमा गुनासो लिएर पुगेका होटल तथा रेष्टुरेन्टका सञ्चालकहरुलाई स्थानीय प्रशासनले पहिले दिएको सहमतिलाई समेत संशोधन गरिएको छ । जुन कुनै लिखित नभई मौखिक सहमति दिएर रात्रीकालिन होटल व्यवसाय सञ्चतालन भइरहेको थियो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाका अनुसार शुक्रबारको निर्णय अनुसार अब एक महिनाभित्रमा रात्रीकालिन होटल व्यवसायका लागि स्थानीय प्रशासनले नयाँ मापदण्ड तयार गर्नेछ । त्यसका लागि कोइराला संयोजकत्वमा समिति नै गठन भएको छ । २०८० साल फागुन १६ गते विराटनगर महानगरपालिकाले स्थानीय बजार तथा पर्यटन प्रवद्र्धनलाई बढाउने लक्ष्य राखेर रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि सहजीकरण गरिदिन स्थानीय प्रशासनमा सिफारिस गरेको थियो । त्यसबेला जिल्ला प्रशासन कार्यालयले मापदण्ड बनाउन समिति बनाएको थियो । तर, त्यो समितिले गर्नुपर्ने काम पूर्ण नगरी नै मौखिक रुपमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि प्रशासन र प्रहरीले सहमति दिएका थिए । त्यसको दुरुपयोग अहिले होटल रेष्टुरेन्टमा बढेको गुनासो आएपछि स्थानीय प्रशासनले नियन्त्रणतर्फ लागेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार २०८० चैत १६ गतेदेखि रात्रीकालिन होटल व्यवसायका लागि मौखिक रुपमा दिइएको १२ बजेसम्मको समयलाई अब १० बजे कायम गरिने भएको हो । स्थानीय सरकारले त्यसबेला गरेको सिफारिसमा नै टेकेर जिल्ला सुरक्षा समितिमा प्रतिवेदन पेस गर्ने गरी अर्को मापदण्डका लागि नयाँ समितिलाई जिम्मेवारी दिइएको हो । अहिले १० बजेसम्म होटल खोल्न पनि शर्तहरु थपिएको छ । जसमा आफ्नो होटल परिसर भित्र मादक पदार्थ अधिक सेवन गरेका व्यक्तिलाई कि परिवारको जिम्मा कि त घरसम्म होटल सञ्चालकले नै छोड्नुपर्ने हुन्छ । कि त मदिरा सेवनको मात्रा अधिक भए नियन्त्रण गर्नुपर्ने हुन्छ । अर्को महिला कर्मचारीलाई अनिवार्य घरसम्म होटल सञ्चालकले नै पु¥याउनुपर्ने हुन्छ ।

रातभर काम लगाउने अनि १२ बजे घर पठाउने कार्यले उनीहरु जोखिममा परेको भन्दै स्थानीय प्रशासनले यसमा कडाइ गर्ने निर्णय गरेको कोइरालाले जानकारी दिएका छन् । मोरङका प्रहरी प्रमुख कबित कटुवालले रात्रीकालिन होटल व्यवसाय सञ्चालनलाई थप व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको बताएका छन् । त्यहि आवश्यकतालाई मध्यनजर गर्दै प्रहरीले राती होटल तथा रेष्टुरेन्टमा धरपकड गरेको दावी गरिएको छ । प्रहरी उपरीक्षक कटुबालले टन्न मदिरा पीएर थाम्न नसक्ने भएर दुर्घटना हुने गरेको बताए । कतिपय अभिभावकले रात्रीकालिन होटल व्यवसायलाई नियन्त्रण र निगरानी गर्नुपर्ने माग समेत गरेको एसपी कटुबालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्