सिरहाको सिरहा नगरपलिका-२ बस्ने शंकर ठाकुरको ७ बर्षिय छोरा छोटे ठाकुरको शनिबार पोखरी डिबेर मृत्यु भएको छ। दिउँसो ३ बजेतिर अचानक बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा स्थानियले बालकलाई नजिकै रहेको हनुमान मन्दिरको कम्पाउण्डमा रहेको पोखरीमा डुबेको अवस्थामा बेलुका १० बजे भेटेका थिए।
उनलाई उपचारकोलागी जिल्ला अस्पताल सिरहा पुर्याउनसाथ मृत्यु भएको वडा प्रहरी कार्यालय सिराहाले जानएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।