अदालतबाट कैद तथा सजाय जरिवाना भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने शिलशिलामा झापा प्रहरीले शनिबार फरार एक जनलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला अदालत झापाबाट जवरजस्ती करणी उधोग मुद्दामा २०७१।०३।०८ को फैसलाले ५ महिना ८ दिन कैद सजाय सुनाईएका भद्रपुर नगरपालिका-१५ बस्ने २० बर्षिय टाईसन टुडु रहेका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।