विराटनगर । गौरादह–विराटनगर सम्पर्क समाजले नेपालीहरूको महान् चाड तिहार अर्थात् दीपावलीको अवसरमा पहिलोपटक सामूहिक रूपमा भव्य देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ।
समाजले आफ्नो धर्म, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०८३ कात्तिक २३ गते विराटनगरको दूधफारामस्थित समाजका आजीवन सदस्य निशा गौतम तथा मुकेश बुढाथोकीको निवासमा कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा समाजका कार्यसमिति सदस्य, सल्लाहकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै समाजमा आबद्ध दाजुभाइ तथा दिदीबहिनीबीच आपसी सद्भाव, भाइचारा र सामूहिक एकतालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा उपस्थित सम्पूर्णप्रति समाज परिवारले धन्यवाद व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने समाजले जनाएको छ।