विराटनगर । झापाको दमकमा रहेको भाटभटेनी सुपर स्टोर शनिबारबाट पुनः सञ्चालनमा ल्याइएको छ । आगलागीबाट क्षति पुगेपछि बन्द रहेको स्टोर पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको हो।

गत भदौ २४ गते जेन्जी आन्दोलनमा ध्वस्त भएको सुपरमार्केटलाई संचालनमा आउन झण्डै बर्षदिन नै लागेको थियो ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार ठूलो क्षति ब्यहोर्नुपरे पनि कम्पनीले कर्मचारीको रोजगारीमा असर पर्न दिएको छैन।
भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिइएको उनले बताएका छन्।

पूर्णरूपमा आगलागी भएका स्टोरको पुनर्निर्माणका लागि ठूलो समय, स्रोत र लगानी आवश्यक पर्ने भए पनि चौबिसै घण्टा काम गरेर दमक स्टोर पुनः सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ। पुनः सञ्चालनमा आउने स्टोरबाट ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
