फजुल खर्च कटौती गर्दै कमल साहले मानव सेवा आश्रममा मनाए ३०औँ जन्मदिन

<span class='c1'>फजुल खर्च कटौती गर्दै कमल साहले</span> <span class='c2'>मानव सेवा आश्रममा मनाए ३०औँ जन्मदिन</span>

विराटनगर । जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउँदै विराटनगर–१२ अभिवादन टोलका कमल साहले आफ्नो ३० औँ जन्मदिन मानव सेवा आश्रममा आश्रितहरूसँग खुसी साटासाट गरेर मनाएका छन् ।
विराटनगर–४ मा रहेको मानव सेवा आश्रममा पुगेर साहले आश्रित आमा तथा बालबालिकासँग जन्मदिन मनाएका हुन्। । उनले जन्मदिनको अवसरमा आश्रममा रहेका व्यक्तिहरूलाई एक दिनको भोजनसमेत गराएका थिए।

आश्रमका पदाधिकारीहरूसँगै बसेर उनले आश्रितहरूलाई भोजन गराउनुका साथै उनीहरूसँग समय बिताएर जन्मदिनको खुसी साटेका थिए। जन्मदिनमा तडकभडक र फजुल खर्च गर्नुभन्दा मानवीय सेवा तथा सामाजिक सद्भावलाई प्राथमिकता दिँदै साहले यस्तो कार्य गरेका हुन्। ।

उनको यस कार्यले जन्मदिनलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी असहाय तथा बेसहारा व्यक्तिहरूको सेवामा समेत जोड्न सकिने सकारात्मक सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्