विराटनगर। विराटनगर जुनियर जेसीजको ३१औँ वार्षिकोत्सव सप्ताहको विशेष समारोहबीच उद्घाटन गरिएको छ। उद्घाटन समारोहसँगै विराटनगर जुनियर जेसीज र रोट्रयाक्ट क्लब अफ विराटनगरबीच मैत्रीपूर्ण क्रिक्सल प्रतियोगिता आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सन् १९९५ का अध्यक्ष तथा जेसीआई विराटनगरका पूर्व अध्यक्ष जेसी शिवनारायण प्रधानले प्रतियोगिताको उद्घाटन ग गरेका थिए। दुई संस्थाबीच आपसी सद्भाव, भाइचारा, सहकार्य तथा सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त मैत्रीपूर्ण प्रतियोगितामा दुवै टोलीले उत्साहजनक सहभागिता जनाएका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर जुनियर जेसीज विजेता बन्न सफल भएको छ। प्रतियोगिताले खेलकुदमार्फत दुई संस्थाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै युवा नेतृत्व र आपसी सहकार्यको भावना अभिवृद्धि गरेको छ। जेएनएल फुटसल, विराटनगरमा सम्पन्न उक्त कार्यक्रम विराटनगर जुनियर जेसीजको ३१औँ वार्षिकोत्सव सप्ताहको पहिलो कार्यक्रमका रूपमा आयोजना गरिएको हो। वार्षिकोत्सव सप्ताह मंसिर ५ देखि ११ गतेसम्म विभिन्न रचनात्मक, नेतृत्व विकास, मनोरञ्जनात्मक तथा सामाजिक कार्यक्रमहरूका साथ मनाइँदैछ।