विराटनगर । विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङले शैक्षिक सत्रका लागि विभिन्न चारवटा स्नातक तहका इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुला गरेको छ। कलेजले सीमित सिटका लागि पुनः प्रवेश परीक्षामार्फत समेत विद्यार्थी भर्ना गर्ने जनाएको छ।
विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मार्गमा रहेको कलेजले सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ विषयमा भर्ना खुला गरेको हो।

सन् २००० मा स्थापना भएको कलेजले विगत २६ वर्षदेखि इन्जिनियरिङ शिक्षामा योगदान पुर्याउँदै आएको छ। नेपाल इन्जिनियरिङ परिषद् ९एनईसी० बाट स्थायी मान्यता प्राप्त प्रदेशकै पहिलो उत्कृष्ट निजी इन्जिनियरिङ कलेजका रूपमा परिचित यस कलेज पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेज हो। कलेजले आईएसओ ९००१ : २०१५ प्रमाणपत्रसमेत प्राप्त गरेको छ।

कलेजका अनुसार अनुभवी तथा दक्ष प्राध्यापकबाट आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप प्रदान गर्न आवश्यकताअनुसार प्रयोगशाला, आधुनिक उपकरण, सफ्टवेयर तालिम तथा फिल्डमा आधारित अभ्यासको व्यवस्था गरिएको छ।
त्यसैगरी, विद्यार्थीको क्षमता अभिवृद्धिका लागि प्राविधिक सेमिनार, कार्यशाला, प्रस्तुतीकरण तथा शैक्षिक भ्रमणसमेत सञ्चालन गर्दै आएको कलेजले जनाएको छ। कलेजमा व्यवस्थित पुस्तकालय, आधुनिक उपकरणसहितका प्रयोगशाला, फराकिलो खेलमैदान तथा सुविधासम्पन्न कक्षाकोठाको व्यवस्था रहेको छ।
कलेजबाट उत्तीर्ण विद्यार्थीहरू सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारीमा आबद्ध हुनुका साथै आफैँ व्यवसाय सञ्चालन गरेरसमेत स्वरोजगार बनेको कलेजको दाबी छ।
यस वर्षदेखि कलेजले स्नातक तहमा इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम थप सञ्चालनमा ल्याएको छ। साथै, पहिलो प्रवेश परीक्षा छुटेका विद्यार्थीलाई लक्षित गर्दै सीमित सिटका लागि पुनः प्रवेश परीक्षाको अवसरसमेत उपलब्ध गराएको छ।
कलेजले पुनः प्रवेश परीक्षाका लागि अनलाइन आवेदन दिने अन्तिम मिति २०८३ मंसिर ८ गते र विलम्ब शुल्कसहित आवेदन दिने अन्तिम मिति मंसिर १० गतेसम्म तोकेको छ। इच्छुक विद्यार्थीले कलेजमा प्रत्यक्ष सम्पर्क गरेरसमेत भर्ना प्रक्रिया तथा पुनः प्रवेश परीक्षाको फाराम भर्न सक्नेछन्।