बालिकालाई विवाह गरेर घर भित्र्याएरपछि बाबु–छोराद्वारा यातना

<span class='c1'>बालिकालाई विवाह गरेर घर</span> <span class='c2'>भित्र्याएरपछि बाबु–छोराद्वारा यातना</span>

विराटनगर । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी (बलात्कार) र कुटपिट गरेर भिडियो सामाजिक सञ्जाल पोष्ट गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला प्रहरीले बाबु र छोरालाई नियन्त्रणमा लिएको छ । घटनाकी पीडित बुहारी र श्रीमती हुन् । ससुरा र छोराले मिलेर गरेको ज्यादती लुकाउन गरिएको हर्कत आफैं भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि प्रहरीले कारवाही सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित पीडितकै घरमा ५५ वर्षीय ससुराले पीडितमाथि जबरजस्ती करणी गरेको आरोप छ । घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले पीडकलाई तत्काल पक्राउ गरेको थियो। उनलाई मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सोही घटनालाई लिएर प्रतिवादीका २३ वर्षीय छोरा (पीडितका श्रीमान्) ले आमासमेतलाई छेउमा राखी पीडित बालिकालाई सोधपुछ गर्दै कुटपिट गरेका थिए। उनले कुटपिट गरेको उक्त भिडियो आफ्नै सामाजिक सञ्जालमा अपलोड गरेपछि घटना बाहिरिएको हो। सामाजिक सञ्जालमा भिडियो सम्प्रेषण भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले कुटपिट तथा भिडियो अपलोड गर्ने २३ वर्षीय युवालाई मंसिर ९ गते पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय पथरीबाट विद्युतीय अपराध सम्बन्धी कसुर र बालविवाह सम्बन्धी कसुरसमेतमा थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकहरूविरुद्ध हुने अपराधमा प्रहरीले शून्य सहनशीलताको नीतिलाई गम्भीरताका साथ अवलम्बन गरी कार्य गर्दै आएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्