झापा र इलामको सीमावर्ती जङ्गलबाट साढे १९ टन फर्सीको बियाँ बरामद

<span class='c1'>झापा र इलामको सीमावर्ती जङ्गलबाट साढे</span> <span class='c2'>१९ टन फर्सीको बियाँ बरामद</span>

झापा। झापा र इलामको सीमा क्षेत्रमा पर्ने झापाको मेचीनगर नगरपालिका–१ भालुखोपस्थित जङ्गलबाट सशस्त्र प्रहरीले करिब साढे १९ टन फर्सीको बियाँ बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाबाट खटिएको टोलीले मङ्सिर १३ गते जङ्गलमा लुकाएर राखिएको अवस्थामा १९ हजार ४०० किलोग्राम फर्सीको बियाँ बरामद गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यको कमाण्डमा परिचालित टोलीले ४८५ बोरामा राखिएको उक्त परिमाणको फर्सीको बियाँ बेवारिसे अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बरामद गरिएको फर्सीको बियाँसँगै दुई थान मोबाइलसमेत फेला परेको छ । बरामद सामग्री आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्